HAVE ANY QUESTION ?

blog-details

Apply free in some countries to study !!!!

/ Jul 10, / 60

१. जर्मनी 
जर्मनी उच्च शिक्षाको गुणस्तरका लागि परिचित देश हो । त्यसमाथि पनि निकै कम खर्चमा जर्मनीका ठूला विश्वविद्यालयमा पढ्न पाउनु विद्यार्थीका लागि अवसर पनि हो । जर्मनीका पब्लिक विश्वविद्यालयहरुले विद्यार्थीलाई पढाए वापत कुनै पनि शुल्क लिँदैनन् । तर न्यूनतम शुल्कअनुसार प्रशासकीय शुल्कका रुपमा २५० युरो मात्रै लिन्छ । तर त्यहाँ जानका लागि राम्रोसँग जर्मन भाषा भने जानेको हुनुपर्छ ।

२. नर्वे
जर्मनी जस्तै नर्वेमा पनि ग्रायजुएट, पोस्ट ग्रायजुएट र डक्टरेट तहमा कुनै पनि शुल्क लाग्दैन् । तर त्यहाँ जानका लागि नर्वेजियन भाषा भने जानेको हुनुपर्छ । त्यहाँको धेरै विषयहरु नर्वेजियन भाषामा अध्यापन गराइन्छ ।

३) स्वीडेन
स्वीडेनका विश्वाविद्यालयहरु एप्लिकेशन र ट्युसन शुल्क लिन्छन तर इयू, इइए, र नोर्डिक संघ देशका सदस्य विद्यार्थीले भने शुल्क बुझाउनु पदैन । उनीहरुलाई पीएचडीसम्म पनि कुनै शुल्क बुझाउनु पर्दैन् ।

४. अष्ट्रिया
ईयू र ईईए जस्ता सदस्य बाहेकका राष्ट्रका विद्यार्थीहरु न्यूनतम शुल्कका रुपमा प्रत्येक सेमेस्टरमा ७३० यूरो बुझाउनु परे पनि बाँकी खर्च भने लाग्दैन् । गुणस्तरीय शिक्षा उपलब्ध गराउने यो देशमा पनि विदेशी विद्यार्थीको आकर्षण छ ।

५. फिनल्याण्ड
फिनल्याण्डमा ट्युसन शुल्क वापत खर्च लाग्दैन् । कुनै पनि तहमा कुनै पनि राष्ट्रका विद्यार्थीले पैसा बुझाउनु पर्र्दैन् । तर सन् २०१७ यता ईयू र ईईए बाहेक देशका विद्यार्थीका लागि अंग्रेजी माध्यममा अध्ययनका लागि भने न्यूनतम शुल्क भने लिन थालिएको छ ।

६. चेक रिपब्लिक
चेक रिपब्लिकमा उच्च शिक्षा निुशल्क गरिएको । अंग्रेजी माध्यममा अध्ययन गर्ने हो भने १ लाख रुपैयाँ जति बुझाउनु परे पनि कुनै पनि राष्ट्रका विद्यार्थीले शुल्क भने बुझाउनु पर्दैन् ।

७. फ्रान्स
उच्च शिक्षाका लागि नेपाली विद्यार्थीका लागि आकर्षणको गन्तव्यमध्येको एक हो । केही पब्लिक विश्वविद्यालयबाहेक अन्य विश्वाविद्यालयमा शुल्क बुझाउनु पर्र्दैन् । आइफेल टावरको सहर पेरिसमा निशुल्क उच्च शिक्षा लिन पाउनु विद्यार्थीका लागि अवसर पनि हो ।

८. बेल्जियम
अन्तर्राष्ट्रिय विद्यार्थीका लागि न्यूनतम शुल्क लिने गरेको भए पनि बेल्जियममा उच्च शिक्षाका लागि भने शुल्क लाग्दैन् । फरक सस्कृति र फरक परिवेशमा विश्वस्तरीय शिक्षा लिन पाउनु विद्यार्थीहरुका लागि फाइदाजनक हो ।

९. ग्रिस
देवताहरुको शहर भनिने ग्रिसमा पनि न्यूनतम शुल्कमा बस्न र पढ्न पाउने गरी त्यहाँको सरकारले व्यवस्था गरेको छ । विश्वमा नै इतिहासिक देश मानिने ग्रिसमा उच्च शिक्षाका लागि अध्ययन गर्न चाहने विद्यार्थीका लागि राम्रो विकल्प हुन सक्छ ।

१०. स्पेन
अन्य यूरोपियन देश जस्तै स्पेनमा पनि उच्च शिक्षाका लागि निशुल्क लाग्दैन् । यूरोपियन देशका विद्यार्थीहरुका लागि पनि त्यहाँ निशुल्क शिक्षा उपलब्ध छ । पर्यटनमा निकै विकास गरेको स्पेनमा अध्ययन गर्न पाउनु गुणस्तर र अवसरका हिसाबले आकर्षक गन्तव्य हो भन्न सकिन्छ ।

(Source: some websites)

LEAVE A REPLY